• २०८१ फाल्गुण १० शनिबार

सोविता र सुमनाले प्रक्रियाभन्दा बाहिर गएर बोल्न पाईएन भन्दै प्रचारबाजी गरे- सभामुखको सचिवालय

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्धय सुमना श्रेष्ठ र सोविता गौतमले संसदीय प्रक्रियाभन्दा बाहिरि गएर अनावश्यक प्रचारवाजी गरेको भन्दै सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन् । सदनको प्रक्रियामा अगाडि बढ्दा बाहिर प्रचारबाजी भएको भन्दै सभामुखले चिन्ता व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।

सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् । सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।

विधेयक पारित गर्नुअघि नै सभामुखले कानून मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न मागेकी थिइन् । तर, गौतमले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्ने जानकारी सभामुखले गराएका थिए ।

फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सांसद् श्रेष्ठले समय माग्न आएको सभामुखको सचिवालयले जनाएको छ । तर, सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेपछि मात्र श्रेष्ठ आएकी थिइन् । ‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भएपनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन या त भोलि राख्नुहोला’ भनेर सभामुख घिमिरे निस्किएका थिए ।

सचिवालयका अनुसार उक्त संवाद हुँदा रास्वपा प्रमुख सचेतक सन्तोष परियारपनि सँगै थिए, दलीय अनुरोध आएको थिएन । ‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो । त्यो पनि अभ्यास छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ ।

सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो ।’ सचिवालयले भनेको छ, ‘सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधाघण्टा अगाडि एभरेजमा २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा हुन्छन् । तीमध्ये सबैले समय पाउँदैनन् । समय पाउने ८ देखि १० जनाले हो । आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेकोभन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ ।’

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा दलीय आधारमा रास्वपाका चौधरीले बोलेका थिए । त्यसपछि एमाले सांसद सम्झना थपलियाले बोलेकी थिइन् । त्यसपश्चात बोल्न खोजेकी सुमनालाई सभामुख घिमिरेले रोकेका थिए । बोल्न दिएर सभामुखले शून्य समयतिर बैठकलाई लागेका थिए । उनी एक्लै उठेर विरोध गरेपछि रोकेर सिटमा आसन ग्रहण गर्न भनेपनि नमानी दोहोरो संवादमा उत्रिएकी थिइन् । तर सभामुख शून्यसमय अगाडि बढाएपछि उनी बैठक छाडेर हिँडेकी थिइन् । पछिल्लो समय उनीहरुले एगोसेन्ट्रिजम गर्न थालेको सभामुख सचिवालयले जनाएको छ ।

यता संसद्मा बोल्न नपाएपछि आक्रोशित हुँदै संसद् बैठक बहिष्कार गरेकी सुमनाले भने सभामुखमाथि आरोप लथाउँदै सचिवालयलाई विज्ञप्ति निकाल्न लगाएकी थिईन् । सभामुखले अनावश्यक कुरा राख्नेलाई भनेजति समय दिएको तर, आफूहरुलाई अपमान गरेको सुमनाको आरोपलगत्तै सभामुखको सचिवालयले प्रष्टीकरण दिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै