पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब चर्च ब्वाइज युनाइटेडलाई हराउँदै पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ ।
बुधबार कास्कीस्थित पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा पुलिसले चर्च ब्वाइजलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
पुलिसको जितमा सञ्जीव लामाले खेलको ५८औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
जितसँगै फाइनलमा पुलिसले अब उपाधिका लागि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालको थ्री स्टार क्लबबीचको विजेतासँग शनिबार खेल्ने छ ।