चितवन । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको माघ २९ गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षिय अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदीमा हाम फालेकी हुन् ।
सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्वार गरेको हो । उद्वार पश्चात उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।