काठमाडौँ । क्रिस्टियानो रोनाल्डो साउदी पो लिग क्लब अल नासरमा आफ्नो सम्झौता एक बर्ष नवीकरण गर्न सहमत भएका छन् ।
मिडिया रिपोर्टका अनुसार फेब्रुअरी ५ मा आफ्नो ४०औ जन्मदिन मनाएपछि रोनाल्डोले अल नासरसँग एक बर्षको सम्झौता नवीकरण गरेका हुन् ।
योसँगै रोनाल्डो अल नासरमा २०२६ को जुनसम्म अल नासरमा रहने भएका छन् । अल नासरमा रोनाल्डोको सम्झौता यसै बर्षको जुनसम्म मात्र रहेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार दुवै पक्ष एक बर्ष सम्झौता नवीकरण गर्न सहमति भएको र केहिदिनमा सम्झौतामा हस्ताक्षर हुने उल्लेख गरिएको छ ।
जनवरी २०२३ देखि अल नासरबाट खेल्न लागेका रोनाल्डोले अहिलेसम्म कुल ९६ खेलमा ८८ गोल गरेका छन् ।