• २०८१ माघ ३० बुधबार

इजरायलले सहमति पालना नगरेको भन्दै हमासद्वारा बन्धक रिहा नगर्ने घोषणा

kharibot

काठमाडौँ । हमासले युद्धविरामको सम्झौता अनुसार बन्धक रिहा नगर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै हमासले इजरायलले युद्धविरामका शर्त उलंघन गरेको आरोप लगाउदै आगामी शनिबार गर्ने भनिएको बन्धकको रिहाइ स्थगित गरेको जानकारी दिएको हो ।

हमासले इजरायलले युद्धविरामको शर्तहरु उलंघन गर्दै उत्तरी गाजामा विस्थापित व्यक्तिहरूको फिर्तीमा ढिलाइ गरेको, गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा गोलाबारी र गोलीबारीले लक्षित गरेको र मानवीय सहायताको प्रवेशलाई अनुमति नदिएको भन्दै बन्धक रिहाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको बताएको छ ।

हमासले आफुले युद्धविरामका शर्तहरुलाई पुर्णरुपमा पालना गरेको उल्लेख गर्दै इजरायलबाट सहमतिका बुँदाको पूर्ण पालनाको प्रतिबद्धता खोजेको उल्लेख छ ।

जनवरी १९ देखि भएको युद्धविरामपछि हमासले अहिलेसम्म २१ बन्धक रिहा गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै