काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियासँग भएको भनिएको श्रम सम्झौता बारे झुटो प्रचार भएको बताएको छ ।
मन्त्रालयले किर्ते हस्ताक्षर गरेर माघ २० गतेको मितिमा प्रेस विज्ञप्ति सार्बजनिक गरिएको भन्दै यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले कुनै निर्णय नभएको, मौसमी कामदारको विषयमा कुनै सूचना आव्हान नभएको र किर्ते हस्ताक्षर प्रयोग गरिएको विषयमा कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको जनाएको छ ।