• २०८१ माघ २४ बिहीबार

थाइल्याण्डमाथि नेदरल्याण्डसको रोमाञ्चक जित

kharibot

काठमाडौँ । जारी महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्याण्डसले थाइल्याण्डमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

टियु क्रिकेट मैदानमा विहिबार सम्पन्न खेलमा नेदरल्याण्डसले थाइल्याण्डको एक विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।

थाइल्याण्डले दिएको ११० रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि थाइल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

योसँगै नेदरल्याण्डसको ६ खेलमा ८ अंक भएको छ र तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै थाइल्याण्डको ५ खेलमा ८ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।   

अब सिरिजको अन्तिम खेल शुक्रबार नेपाल र थाइल्याण्डबीच खेल हुदै छ ।
                

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै