• २०८१ माघ २५ शुक्रबार

कांग्रेसको दाबि- जसपा नेपालले अध्यादेशको पक्षमा मत दिन्छ

kharibot

काठमाडौं । जसपा नेपालले सरकारले ल्याएको अध्यादेशको पक्षमा मत दिने भएको छ ।

संसद बस्नु अघि बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालले अध्यादेशको पक्षमा मत दिने जानकारी दिएका हुन् । उनले भने, ‘प्रतिनिधिसभामा केही समस्या छैन । राष्ट्रियसभामा केही समस्याजस्तो देखियो तर अहिले कुरा मिलिसक्यो । जसपा नेपालले समर्थन गर्छ । हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो । अहिले सत्तापक्षकै बेञ्चमा बसेको छ ।’

सरकारले आज बस्ने संसदका दुवै सदनको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रतिनिधि सभामा  साता पक्ष स्पष्ट बहुमतमा भएपनि राष्ट्रिय सभामा भने जसपा नेपाल निर्णायक देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आजै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै