काठमाडौं । राजधानीको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक दर्जन बढी घाइते भएका छन् ।
विहिबार बिहान पौने ९ बजे भएको विष्फोटमा परेका मध्ये गम्भिर पाँच जनालाई कीर्तिपुरस्थित जलन अस्पतालमा लगिएको छ भने अन्य घाइतेलाई वीर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।