• २०८१ माघ २४ बिहीबार

पनामा नहरबाट गुज्रने अमेरिकी जहाजहरूलाई शुल्क नलाग्ने !

kharibot

काठमाडौँ । पानामा नहरबाट गुज्रने अमेरिकी जहाजहरूले कुनै शुल्क तिर्नु नपर्ने र यसले अमेरिकाको हरेक वर्ष लाखौं डलर बचत हुने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले यो विषयमा जानकारी दिदै अमेरिकी जहाजहरूलाई कुनै शुल्क बिना पनामा नहरबाट जान अनुमति दिइएको बताएको छ ।

अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषण दिँदा उनले फेरि चीनले पनामा नहर सञ्चालन गरिरहेको दाबी गरेका थिए । ट्रम्पले पनामा नहरबाट गुज्रने अमेरिकी जहाजहरूलाई लिइने कथित 'ठूलो' शुल्कलाई उद्धृत गर्दै बल प्रयोग गरेर यसलाई फिर्ता लिने धम्की पनि दिएका थिए । उनले भनेका थिए, 'चीनले पानामा नहर सञ्चालन गरिरहेको छ र हामीले यो चीनलाई दिएका छैनौं । हामीले यो पानामालाई दियौं र हामी यसलाई फिर्ता लिइरहेका छौं ।'

८२ किलोमिटर लामो पानामा नहर मध्य अमेरिकाको मध्य भागबाट बग्छ र प्रशान्त र एट्लान्टिक महासागरहरूलाई जोड्ने मुख्य लिंक हो ।

प्रत्येक वर्ष लगभग १४ हजार जहाजहरूले यस नहरलाई सर्टकटको रूपमा प्रयोग गर्छन् । नहर बन्नुअघि ती जहाजहरूले दक्षिण अमेरिका हुँदै लामो र महँगो यात्रा गर्नुपर्थ्यो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै