काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आआफ्नो दोस्रो कार्यकाल शुरु गरेपछि भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रमणको निम्तो दिएका छन् ।
प्राप्त जानकारी अनुसार, प्रधानमन्त्री मोदी पेरिसमा एआई सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सह-अध्यक्षता गरेपछि फेब्रुअरी १२ र १३ मा दुई दिने भ्रमणमा वाशिंगटन जाँदैछन् । दुई शीर्ष नेताहरू बीचको फोन वार्ताको केही दिनपछि नै उनलाई ह्वाइट हाउस भ्रमणको लागि आमन्त्रित गरिएको रिपोर्टमा उल्लेख छ । जनवरी २७ मा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनमा कुराकानी भएको थियो ।
यसअघि, जनवरी २७ मा ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेको भनिएको थियो ।
ह्वाइट हाउसको विज्ञप्ति अनुसार, सो कुराकानीमा दुई नेताहरूले अमेरिका-भारत रणनीतिक साझेदारी र इन्डो-प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई जोड दिएका थिए । त्यसमा भनिएको थियो, 'राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फलदायी कुराकानी गरे । दुई नेताहरूले सहयोग बढाउने र गहिरो बनाउने बारेमा छलफल गरे। उनीहरूले इन्डो-प्यासिफिक, मध्य पूर्व र युरोपको सुरक्षा सहित धेरै क्षेत्रीय मुद्दाहरूमा पनि छलफल गरे । राष्ट्रपतिले भारतले अमेरिकामा निर्मित सुरक्षा उपकरणहरूको खरिद बढाउने र निष्पक्ष द्विपक्षीय व्यापार सम्बन्धतर्फ अघि बढ्ने महत्त्वमा जोड दिए ।'