काठमाडौँ । जारी महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेदरल्याण्डस र थाइल्याण्डबीच खेल हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न सवा १२ देखि शुरु हुने छ ।
जारी सिरिजमा अहिलेसम्म थाइल्याण्डले खेलेका ४ खेलमा चारै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसले भने अहिलेसम्म खेलेका ५ मध्ये ३ खेलमा जित हासिल गरेको छ र ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यो खेल थाइल्याण्डले जितेमा त्रिकोणात्मक सिरिजको उपाधि जित्ने छ भने नेदरल्याण्डसले जितेमा उसको सम्भावना कायम रहने छ ।
त्यस्तै नेपाल भने सिरिजमा पाँचै खेलमा हार बेहोरेर उपाधि जितको दौडबाट यसअघि नै बाहिरिएको छ ।