काठमाडौँ । अल नासरले एएफसी च्याम्पियन्स लिग अन्तर्गत युएईको क्लब अल वासललाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल वासललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । त्यस्तै अलि अलहासन र मोहमद अल फातिले एक एक गोल गरेका थिए । यस खेलमा २ गोल गरेसँगै रोनाल्डोले आफ्नो क्यारियर गोल संख्या ९२३ पुर्याएका छन् ।
यो जितपछि अल नासरको एएफसी च्याम्पियन्स लिगमा ७ खेलमा १६ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल वासलको ७ खेलमा ११ अंक रहेको छ ।
अब लिग चरणमा अल नासरले आआफ्नो अन्तिम खेल फेब्रुअरी १७ मा पेर्सेपोलिससँग खेल्ने तालिका रहेको छ ।