काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि लगाएको कर लागु गर्न एक महिनाको लागि स्थगित गरेका छन् ।
राष्ट्रपति ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमसँग गरेको कुराकानीपछि एक महिनाका लागि नयाँ कर लागु नगर्ने भएका हुन् ।
ट्रम्पसँगको कुराकानीपछि क्यानडा र मेक्सिकोले तुरुन्तै अवैध आप्रवासीलाई रोक्न १० हजार सुरक्षाकर्मी सीमामा तैनाथ गर्ने सहमति भएको छ ।
यी साथै सुरक्षाकर्मीले अमेरिकामा लागूऔषध तस्करी रोक्ने जिम्मेवारी दिइने र उनीहरुको ध्यान विशेष गरी ट्रम्पको धेरै चिन्ताहरू मध्ये एक रहेको औषधि 'फेन्टानिल' मा केन्द्रित हुने बताइएको छ ।
त्यस्तै मेक्सिको राष्ट्रपति शेनबाउमले अमेरिकाले मेक्सिकोमा प्रमुख हतियारहरूको तस्करी रोक्न काम गर्न प्रतिबद्ध रहेको बताएकी छन् ।
त्यसैगरी क्यानडाका प्रधानमन्त्री ट्रूडोले पनि सीमा सुरक्षाको लागि प्रविधिसँगै सुरक्षाकर्मी तैनाथ गर्ने बताएका छन् ।
ट्रम्पले मेक्सिको अमेरिकामा आउने फेन्टानिल र अवैध आप्रवासीहरूको प्रवाह रोक्न पहल गर्न तयार भएपछि एक महिनाको लागि नयाँ कर लागु नगर्ने सहमति भएको बताएका छन् ।
ट्रम्पले आइतबार मात्र क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए ।