• २०८१ माघ २१ सोमबार

सिटिइभिटीका उपाध्यक्ष बरालको नियुक्ति बदर

kharibot

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को उपाध्यक्ष पदमा ओमप्रसाद बराललाई मनोनयन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।

आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले मन्त्रिपरिषदले उनलाई मनोनयन गर्ने निर्णय बदर गरेको हो ।

उपाध्यक्ष पदमा मनोनयनका लागि गठन भएको सिफारिस समितिले बराललाई सिफारिस गरेको थियो । त्यसका आधारमा गत मंसिर ६ गते बसेको मन्त्रिपरिषदको बैठकले बराललाई नियुक्ति दिएको थियो ।

तर उपाध्यक्ष हुन योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा गत मंसिर १८ गते टैलेन्द्र आचार्यले रिट दायर गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै