काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको अपिल खारेज गरेको छ ।
शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकले आफूविरुद्धको प्रतिबन्ध खारेज गर्न दिएको अपिल खारेज गरेको सीएनएनले उल्लेख गरेको छ ।
यो अपिल खारेज गरेसँगै जनवरी १९ देखि अमेरिकामा टिकटक प्रतिबन्ध हुने भएको छ ।
अमेरिकाले गत बर्षनै टिकटकमा रहेको चिनियाँ लगानी अमेरिकी लगानीकर्तालाई बेच्न वा प्रतिबन्ध झेल्न भन्दै जनवरी १९ सम्मको अल्टिमेटम दिएको थियो ।
यद्यपी जनवरी २० मा अमेरिकामा डोनाल्ड ट्रम्पले शपथ लिएर कार्यकाल शुरु गर्ने भएकाले टिकटकमाथिको प्रतिबन्ध बारे अन्योलता बढेको छ । मिडिया रिपोर्टका अनुसार राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्ने अधिकार ट्रम्पमाथि छोड्ने भएका छन् ।
पछिल्लो समय ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउन नहुने पक्षमा रहेका छन् । तर उनले पछिल्लो घटनाक्रममा कुनै प्रतिक्रिया भने दिएका छैनन् ।