• २०८१ माघ २० आइतबार

मार्कश राशफोर्डले छोडे म्यानचेस्टर युनाइटेड

kharibot

काठमाडौँ । मार्कश राशफोर्डले म्यानचेस्टर युनाइटेड छोडेका छन् । प्रशिक्षक रुबेन एमोरिमको प्राथमिकतामा नपरेपछि गत डिसेम्बरदेखि टिममा नपरेका राशफोर्डएस्टन भिल्लामा लोनमा गएका हुन् ।

सोमबार जनवरी ट्रान्सफर विन्डो बन्द हुनुअघि राशफोर्डलाई एस्टन भिल्लाले लोनमा भित्र्याएको हो ।

राशफोर्डको पारिश्रमिकको ७० प्रतिशत दिने गरि एस्टन भिल्लाले भित्र्याएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । म्यानचेस्टर युनाइटेडले राशफोर्डलाई प्रति साता ३ लाख २५ हजार पाउण्ड पारिश्रमिक दिदै आएको छ । सम्झौतामा एस्टन भिल्लाले राशफोर्डलाई ४० मिलियन पाउण्डमा खरिद गर्नसक्ने प्रवाधान राखिएको छ । उनको आजै मेडिकल हुने बताइएको छ ।

२०१५ देखि नै म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका उनले अहिलेसम्म ४२६ खेल खेल्दै १३८ गोल गरेका छन् । राशफोर्डले युनाइटेडबाट २ एफए कप, २ इएफएल कप, एक कम्न्युनिटी शिल्ड र एक युरोपा लिग जितेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै