• २०८१ माघ २० आइतबार

नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक प्रतिनिधि सभामा दर्ता

kharibot

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी विधेयक दर्ता भएको छ । सरकारले शनिवार सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा दुई विधेयक दर्ता गराएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले दुई विधेयक दर्ता गराएका हुन् ।

दर्ता भएको विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ रहेका छन् । हाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक र नियामकीय निकायको भूमिका खेल्दै आएको छ । दर्ता भएको विधेयक पास भए प्राधिकरण टुक्राउने बाटो खुल्ने छ ।

यसअघि पनि तत्कालीन मन्त्री योगेश भट्टराईले २०७६ सालमा विधेयक दर्ता गराएका थिए । राष्ट्रिय सभामा दर्ता गरिएको उक्त दुबै विधेयक २०७८ सालमा सरकारले फिर्ता लिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै