काठमाडौँ । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलामा एक लाख ६२ हजार ८०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलामा एक लाख ६० हजार ८०० सयमै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य सामान्य घटेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर तोलाको १९१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।