काठमाडौँ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश लगायत गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चीम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध छ ।