काठमाडौँ । बलिउडका चर्चित गायक उदित नारायण विवादमा घेरिएका छन् ।
उदितको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले विवादमा आएका हुन् । भाइरल भएको भिडियोमा लाइभ कन्सर्टका क्रममा उदितनारायणले महिला फ्यानहरूलाई चुम्बन गरिरहेको दृश्य रहेको छ ।
यो भिडियो भाइरल भएपछि, सामाजिक सञ्जालमा मानिसहरू धेरै रिसाएका छन् र उदितलाई ट्रोल गरिरहेका छन् । लाइभ कन्सर्टको क्रममा, उनले धेरै महिला फ्यानहरूसँग सेल्फी खिचे र उनीहरूको गालामा चुम्बन गरे । त्यही समयमा, जब एक महिला फ्यानले गायकलाई गालामा चुम्बन गरिन्, उनले महिलालाई ओठमा चुम्बन गरे, जसले गर्दा विवाद उत्पन्न भएको छ । ट्रोल भएपछि उदित नारायणले प्रतिक्रिया दिदै कन्सर्टमा फ्यानहरू खुसी हुन्छन् र हामीले उनीहरूलाई पनि खुसी बनाउनुपर्छ भन्दै यसलाई ठूलो कुरा बनाएर फैलाउनु नहुने टिप्पणी गरेका छन् ।
उदितनारायण यसरी विवादमा परेको भने पहिलो पटक होइन । उनले पटक पटक गायिका सहकर्मीलाई पनि विगतमा चुम्बन गरेर विवादमा परेका थिए ।
एक अवार्ड समारोहमा उदित नारायणले गायिका श्रेया घोषाललाई पनि चुम्बन गरेका थिए । गायिका श्रेया अवार्ड स्टेजमा पुगेको अवसरमा स्टेजमा उपस्थित रहेका उदितले श्रेयालाई अँगालो हालेर गालामा चुम्बन गरेका थिए । यो घटना निकै विवादित रहे पनि श्रेया उदित दुवैले प्रतिक्रिया दिएका थिएनन् ।
त्यस्तै उदितनारायण गायिका अलका याग्निकलाई चुम्बन गरेर विवादमा आएका थिए । वास्तवमा, एक रियालिटी शोको क्रममा, अलका याज्ञिक र उदितले स्टेजमा सँगै प्रस्तुति दिएका थिए । यसपछि अचानक उदितले अलकाको गालामा पनि चुम्बन गरे । उदितलाई त्यतिबेला पनि ट्रोल गरिएको थियो ।