काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अहिले रास्वपा आक्रमणको तेस्रो चरणबाट गुज्रिरहेको बताउदै आफूहरुमाथि अट्याक भइरहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नयाँ शक्तिलाई विश्वभर नै विभिन्न चरणमा आक्रमण हुने उल्लेख गर्दै अब दिग्विजयको चौथो चरण चाँडै नै सुरु हुन लागेको दाबि गरे ।
उनले भने,‘अब चौथो चरणमा जाने कुरामा हामी पूर्ण आत्मविश्वसको साथ अघि बढिरहेका छौं ।’ उनले रवि लामिछानेमाथि लगाईएको निलम्बनप्रति आक्रोश पोखे । रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको आरोप लगाउदै दुई पटक जनताको अभूतपूर्व मत पाएको व्यक्ति संसदमा नरहेको बताए ।
डा. वाग्लेले सरकारले सामाजिक सञ्जाल विधेयकमा गरेका प्रस्तावप्रति आपत्ति जनाउदै विरोध गरेका थिए ।