काठमाडौँ । संसद अधिवेशनको पहिलो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको बैठक अवरोध गरेको छ ।
बैठक शुरु हुनासाथ रास्वपाका सांसदहरुले आफ्नो स्थानमा उठेर विरोध गरेका थिए ।
सभामुखले कार्यसूची अनुसारको बैठक अगाडी बढाउन शुरु गरेपछि रास्वपाका सांसदहरुले उठेर विरोध गरेका थिए । रास्वपाका सांसदहरुले बैठकको शुरुमै बोल्ने समय माग गर्दै अवरोध गरेका थिए । सभामुखले दलीय आधारमा आफ्ना भनाई राख्नुपर्ने भन्दै बैठक संचालनमा सहयोग गर्न आग्रह गरिरहेका छन् ।