• २०८१ माघ ९ बुधबार

खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता

kharibot

काठमाडौँ । खानेपानी मन्त्रीसँग धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले भेटवार्ता गरेका छन् । साम्पाङले धरानवासीको खानेपानी समस्या समाधानको माग राख्दै मन्त्री यादवसँग छलफल गरेका हुन् । 

छलफलमा खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उप–महानगरपालिकाले लिने भएको छ ।

मन्त्री यादवले धरानवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा नगरप्रमुख साम्पाङलाई खानेपानी योजनाका लागि  अन्यत्र नजान र खुशी साथ धरान फर्कन मन्त्री यादवले आग्रह गरेका थिए ।

साम्पाङ खानेपानी आयोजनाका लागि केन्द्रले योजना नदिएको भन्दै रित्तो गाग्री लिएर धरानबाट काठमाडौँ आएका हुन् । उनी गाग्री लिएर सिंहदरबार पुगेपनि उनको गाग्री प्रहरीले खोसेको थियो ।

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै