• २०८१ माघ ८ मंगलबार

पेरिस जलवायु सम्झौताबाट बाहिरियो अमेरिका

kharibot

काठमाडौँ । अमेरिकाले पेरिस जलवायु सम्झौताबाट बाहिरिने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै पेरिस जलवायु सम्झौताबाट बाहिरिने निर्णय गरेका हुन् ।  

उनले यो सहमति अमेरिकी नागरिकको हितमा नरहेको बताउदै आएका थिए ।

योसँगै अमेरिकासहित इरान, लिबिया र यमन पेरिस सम्झौताबाट बाहिर हुने देश बनेका छन् । 

यस सम्झौता अनुसार जलवायु परिवर्तनको सबैभन्दा नराम्रो प्रभावबाट बच्न सरकारहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्व औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियस (२.७ डिग्री फरेनहाइट) मा सीमित गर्न सहमति जनाएका थिए ।

कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने- 'म तुरुन्तै पेरिस जलवायु सम्झौताको अनुचित, एकतर्फी धाँधलीबाट पछि हट्दै छु । चीनले दण्डहीनताका साथ प्रदूषण गर्दा संयुक्त राज्य अमेरिकाले हाम्रा आफ्नै उद्योगहरूलाई तोडफोड गर्ने छैन ।'

पेरिस सम्झौता अन्तर्गत बनाइएको ग्रीन जलवायु फण्डमा अमेरिका सबैभन्दा ठुलो सहयोगी देश हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै