• २०८१ माघ ८ मंगलबार

परराष्ट्रमन्त्री राणाले दिइन् अमेरिकी समकक्षी रुबियोलाई बधाई

kharibot

काठमाडौँ  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२औँ विदेशमन्त्रीमा नियुक्त भएका मार्को रुबियोलाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् । 

सामाजिक सञ्जाल एक्समार्फत उनले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोप्रति बधाई ज्ञापन गरेकी हुन् ।

परराष्ट्रमन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको एक्समा उल्लेख गरेकी छिन्।

नवनियुक्त अमेरिकी विदेशमन्त्री रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुन् । ५३ वर्षीय रुबियोको नियुक्ति प्रस्तावलाई सिनेटले ९९-० मतले अनुमोदन गरेको हो । उनलाई विदेशमन्त्री नियुक्ति गर्नेसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा एक मत पनि परेको थिएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै