काठमाडौँ । कार्लो एन्सेलोटीले यस सिजनको अन्त्यपछि रियल म्याड्रिडको प्रशिक्षक छोड्ने भएका छन् ।
स्पेनिस मिडियाका अनुसार एन्सेलोटीले सम्झैता अनुसार २०२६ को जुनसम्म रियल म्याड्रिडमा नबस्ने निर्णय गरेका हुन् ।
उनले रियल म्याड्रिडको प्रशिक्षकको रुपमा २०२३ मा २०२६ सम्मका लागि आफ्नो सम्झौता नवीकरण गरेका थिए ।
उनी रियल म्याड्रिडका लागि अहिलेसम्मकै सफल प्रशिक्षक मानिन्छन् । उनले रियल म्याड्रिडका लागि अहिलेसम्म १५ ट्रफी जितेका छन् ।
रिपोर्टका अनुसार ६५ बर्षिय एन्सेलोटीले क्लबको प्रशिक्षण छोडेर कुनै राष्ट्रिय टिमको प्रशिक्षण गर्न बताइएको छ । यस अघि उनलाई ब्राजिलले राष्ट्रिय टिमको प्रशिक्षक बनाउन खोजेको थियो ।
एन्सेलोटीले छोडेपछि उनको ठाउ रियल म्याड्रिडका पुर्व मिडफिल्डर जाभी एलोन्सोले लिने चर्चा रहेको छ । एलेन्सो हाल जर्मनी लिग बायर लिभरकुसेनको प्रशिक्षक रहेका छन् ।