काठमाडौँ । डोनाल्ड ट्रम्पले आज राष्ट्रपतिको रूपमा शपथ लिँदा अब्राहम लिंकनको बाइबल प्रयोग गर्ने उनको उद्घाटन समितिले घोषणा गरेको छ ।
लिंकनले १८६१ मा आफ्नो शपथ ग्रहण समारोहमा बाइबल प्रयोग गरेका थिए । ट्रम्पले पदको शपथ लिँदा व्यक्तिगत बाइबल पनि प्रयोग गर्ने भएका छन् । २०१७ मा आफ्नो उद्घाटन समारोहमा ट्रम्पले दुवै बाइबल प्रयोग गरेका थिए ।
पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना दुई उद्घाटन समारोहहरूमा लिंकन बाइबल प्रयोग गरेका थिए ।
उपराष्ट्रपति-निर्वाचित जेडी भान्सले आफ्नी हजुरआमाको पारिवारिक बाइबल प्रयोग गरेर पदको शपथ लिने उद्घाटन समितिले जानकारी दिएको छ ।
ट्रम्पले केहि बेरमा अमेरिकाको ४७औं राष्ट्रपतिको शपथ लिदै छन् ।