• २०८१ माघ ७ सोमबार

महिला यू-१९ विश्वकपमा नेपालको लगातार दोस्रो हार

kharibot

काठमाडौँ । मलेसियामा जारी महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल आज स्कटल्याण्डसँग एक विकेटले पराजित हुदै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको हो । 

नेपालले दिएको ७४ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै १८.५ ओभरमा अल आउट हुदै ७३ रन बनाएको थियो । 

यो जितपछि स्कटल्याण्डको २ खेलमा २ अंक भएको छ भने नेपालले दुवै खेलमा हार बेहोरेर समुह डी मा पुछारमा रहेको छ । 

अब  नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् । 

विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै