• २०८१ माघ ६ आइतबार

स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा छन्- प्रधानमन्त्री ओली

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको बताएका छन् । उनले बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जा खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान)को रजत जयन्तीका अवसरमा हिजो (शुक्रबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरू आफै बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताएका हुन् । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको छ ।

उनले भने- 

‘हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरू छन् । धौबादी फलाम खानी र मल कारखाना खोलिँदैछ । दैलेखमा ग्यास उत्पादन हुँदैछ । ध्वस्त भएका उद्योगहरूले पुनःजीवन पाउँदैछन् । ती सबैमा ऊर्जा खपत हुनेछ । ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ । देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु । तपाईंहरू लगानी गर्नुस्, लगानी खोज्दै अरुलाई खोला दिइरहनु पर्दैन ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै