• २०८१ माघ ५ शनिबार

सरकारको जनविरोधी कामकारबाहीविरुद्ध सडकदेखि सदनसम्म आगो बाल्छौँ- सापकोटा

kharibot

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको जनविरोधी कामकारबाहीविरुद्ध सडकदेखि सदनसम्म आगो बाल्ने चेतावनी दिएका छन् ।

सिन्धुपाल्चोकमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकारले संसद अधिवेशन बोलाउन नचाहेकाले प्रतिपक्षी दलहरुले छिट्टै विशेष अधिवेशनको लागि आह्वान गर्न लागेको बताए । सदन र सडकमार्फत सरकारका जनविरोधी कामको विरोध हुने उनको भनाइ छ ।

‘सदन बोलाएन भने सदन बोलाउनका लागि संविधानमा व्यवस्था छ । २५ प्रतिशतले १५ दिनभित्र सदन बोलाउन पाइन्छ । अब हामी बोलाएनन् भने भोलिपर्सी नै सदन बोलाउने छौं । हामीले बोलाएपछि सदन बसेपछि पहिलो दिन नै त्यहाँ आगो बल्नेछ,’– उपाध्यक्ष सापकोटाले भने ।

लोकतन्त्रको आत्मा संसद् रहेको बताउँदै उनले सरकार निकम्मा बनेर छल्ने प्रयास गरिरहेको दाबी गरे । संसद्मा सत्तापक्षकै भीड रहेपनि सरकार संसदसँग डराएको उनको भनाइ छ । उनले भने, ‘यो सरकार यति निकम्मा, नालायक र प्रभाव शून्य भइसकेको छ कि संसदसित डराएर संसद् बोलाइरहेको छैन । हेर्नुस् न कति उदेक लाग्दो कुरा, दुई तिहाइ झण्डैको दुई दलको सरकार छ । के पुगेन र संसद् नबोलाएको हो ? भीड उनीहरुकै छ, हामी थोरै छौं, तर, पनि संसद् बोलाएको छैन ।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै