काठमाडौँ । दक्षिण कोरियाका सुरक्षा अधिकारीहरुले महाअभियोग लगाइएका पुर्व राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्ने दोस्रो प्रयास शुरु गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार येओललाई पक्राउ गर्न उनको निवासमा प्रवेस गर्ने प्रयास शुरु गरिएको छ ।
अघिल्लो महिना देशमा मार्शल कानुन लागु गर्ने घोषणा गरेपछि उनीविरुद्ध संसदले महाअभियोग लगाएको थियो । सो महाअभियोगको प्रस्ताव हाल सर्वोच्च अदालतमा रहेको छ ।
उनीविरुद्ध भ्रस्टाचार अनुसन्धान कार्यालयले पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्न खोजेपनि उनका समर्थक र सुरक्षाकर्मीले उनको निवासमा प्रवेस निषेध गरेपछि पक्राउ गर्न सकेको छैन । केहि साताअघि उनलाई पक्राउ गर्न गरेको प्रयास असफल भएको थियो ।
यसैबीच दक्षिण कोरियाको समाचार एजेन्सी योनहाप न्यूज एजेन्सीले बुधबार बिहान सुरक्षाकर्मीसहितको टोलीले पुर्वराष्ट्रपति येओलको निवासमा प्रवेश गर्ने प्रयास गरिरहेको उल्लेख गरेको छ ।
येओलविरुद्ध धेरै विषयमा अनुसन्धान गर्ने तयारी गरिएको बेला उनलाई पक्राउ गर्ने विषयनै अहिले आएर ठुलो चुनौतीको विषय बनेको छ ।
भ्रस्टाचार अनुसन्धान कार्यालयको हालको पक्राउ पुर्जीको समय ४८ घण्टाको मात्र रहेको बताइएको छ ।