• २०८१ पौष २८ आइतबार

संसद् अधिवेशन आह्वान नगर्दा सरकारको नियतमाथि प्रश्न उठ्यो- माओवादी केन्द्र

kharibot

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगर्नुले सरकारको नियतमाथि प्रश्न उठेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले के कारणले अधिवेशन बोलाउन ढिला गरेको हो भन्ने कुरा आफूहरुले बुझ्न नसकेको बताए ।

सरकारले संसद् अधिवेशन नबोलाएकोमा प्रतिपक्षी दलमा मात्रै नभएर नागरिक स्तरबाट पनि प्रश्न उठ्न थालिसकेको उनको भनाइ छ । पूर्व सभामुखसमेत रहेका सापकोटाले भने, ‘के कारणले संसद् नबोलाइएको हो ? जनसाधारणलाई समेत खुल्दुली छ । कारण पत्ता लागेको छैन ।’

नेता सापकोटाले संसद्‌बाटै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको जन्म हुने स्मरण गराउँदै त्यस्तो संस्थालाई बन्धक बनाउन नहुने धारणा राखे । आफू सभामुख रहेको बेलामा पनि मंसिर २८ गते नै संसद्को हिउँदे अधिवेशन सुरु भएको उनले स्मरण गराए । यति ढिलासम्म संसद् अधिवेशन नबोलाउने अभ्यास पहिलो पटक भएको उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै