काठमाडौँ । अमेरिकाको लस एन्जलसमा लागेको आगलागीबाट अहिलेसम्म १६ जनाको मृत्यु भएको छ ।
आगो आवासीय क्षेत्रहरूमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहे पनि आगो नियन्त्रणमा लिन सकिरहेका छैनन् ।
पालिसेड्सको आगो रोक्नको लागि हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन् । प्यालिसेड्सको आगो १० हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र अब ब्रेन्टवुडतर्फ सरिरहेको छ ।
अर्कोतर्फ, पानीको अभावका कारण जनतामा बढ्दो आक्रोश देखेर अधिकारीहरू रक्षात्मक मोडमा देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यसैबीच रातमा हावा तीव्र हुन सक्ने सम्भावना रहेको मौसम विभागले चेतावनी दिएपछि आगो अझ तीव्र हुन सक्ने देखिएको छ ।
राष्ट्रिय मौसम सेवाले चेतावनी दिदै आगोलाई बढावा दिने बलियो सान्ता आना हावा शनिबार र आइतबार फेरि तीव्र हुन सक्ने बताएको छ ।
क्यालिफोर्नियाका सात छिमेकी राज्यहरू र संघीय सरकारले आगलागी नियन्त्रण गर्न सहयोग पठाएका छन् । छिमेकी देशहरू क्यानडा र मेक्सिकोले पनि सहयोग गरेका छन् ।