• २०८१ पौष २१ आइतबार

सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिको धनी प्रदेश हो- मन्त्री पाण्डे

kharibot

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको बताएका छन् ।

सुदूरपश्चिम कलाकार समाजद्वारा आयोजित पुस १५ विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने- सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिले धनी प्रदेश हो । यहाँको कला क्षेत्रलाई मुलधारमा ल्याउन सफल कलाकारहरू प्रति उच्च सम्मान छ।दूरदराजमा रहेका हाम्रा भाषा,संस्कृतिलाई मूलधारमा ल्याउने तपाईंहरुको भूमिका महत्त्वपूर्ण छ ।'

उनले पुस १५ लाई सुदूरपश्चिमले ठुलो पर्वको रूपमा मनाउने गरेको स्मरण गर्दै यसपर्वलाई रात छोटा र दिन लामा हुनुका साथै  चिसो मौसम अन्त्य भएर न्यानो मौसमको सुरूवातको रूपमा मनाउने गरेको बताए ।

मन्त्री पाण्डेले पछिल्लो पुस्ता मेहनतका कारण दूरदराजका कला संस्कृतिहरूको उजागर र संरक्षणमा टेवा पुगको बताए । उनले सुदूरपश्चिमेली कलाकारहरूले गुणस्तरीय गीत मार्फत आफ्नो क्षेत्रका विविध पक्षको उजार गर्ने गरेको समेत बताए । उक्त  समारोहमा देउडा सम्राट एवम् नेपाली राष्ट्रिय गान छनौट समितिका सदस्य  नन्दकृष्ण जोशी लगायतका दर्जनौं कलाकारहरूले आफ्नो प्रस्तुति, छलिया नाच, देउडन नाच समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै