• २०८१ पौष २० शनिबार

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो

kharibot

काठमाडौँ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुगेको छ । १८१ जना सवार यस विमान १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।

दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा १७७ जनाको मृत्यु भएको छ । दुई जनालाई भग्नावशेषबाट जिउँदै निकालेर अस्पताल लगिएको छ । जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको बताइएको छ ।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए । दक्षिण कोरियाको दमकल विभागले घटनास्थलमा ३२ दमकल र १५ सय आपतकालीन कर्मचारी पठाइएको जनाएको छ ।

मुआन दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर टाढा छ। दक्षिण कोरियाको विमान उद्योग सुरक्षाको हिसाबले राम्रो मानिन्छ। दुर्घटनाको कारणबारे अहिलेसम्म ठोस जानकारी आएको छैन । तर, विमान चरा ठोक्किएर र खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

दक्षिण कोरियाका एक यातायात अधिकारीले विमान धावनमार्गमा अवतरण गर्न खोज्दा एयर ट्राफिक कन्ट्रोलले विमानस्थल नजिक चराहरू छन्, अहिले हावामै बस्न चेतावनी दिएको बताएको थियो ।

त्यसको दुई मिनेटपछि पाइलटले ‘मे डे’ (इमर्जेन्सी) चेतावनी दिएपछि एयर ट्राफिक कन्ट्रोलले उनलाई विपरित तर्फ अवतरण गर्न अनुमति दिएको थियो । समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चरासँग विमान ठोक्किएको देखिएको छ ।

यस भिडियोमा विमान बिना पाङ्ग्रा वा ल्यान्डिङ गियर नै अवतरण गर्न खोजिरहेको थियो र अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको थियो । यसपछि यसको केही भाग आगोले जलेको थियो ।

यातायात विभागका अनुसार विमानका हेड पाइलटले सन् २०१९ देखि नै यो भूमिकामा काम गर्दै आएका थिए र ९ हजार ८ सय घण्टा उडानको अनुभव लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै