• २०८१ पौष १७ बुधबार

कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ?

kharibot

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर साधारणतया देखि पुर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपात हुनुको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज कोशी प्रदेशमा दिउसो आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राती हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
त्यसैगरी मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ।

त्यस्तै बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी  पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनेछ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने देखिन्छ । त्यसैले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै