• २०८१ पौष १८ बिहीबार

अफगानिस्तानको सीमा नजिक तालिवान र पाकिस्तानी सेनाबीच गोली हानाहान

kharibot

काठमाडौँ । अफगानिस्तानको सीमा नजिकै रहेको कुर्रम क्षेत्रमा तालिवान र पाकिस्तानी सैनिकमाथि आक्रमण गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सो घटनामा एक पाकिस्तानी सैनिकको मृत्यु भएको छ भने कम्तीमा ९ जना घाइते भएका छन् ।

पाकिस्तानको जवाफी कारबाहीमा तीन तालिबानी लडाकू पनि मारिएका छन् । रिपोर्टका अनुसार कुर्रम सीमा नजिक दुबै तर्फबाट गोलीबारी जारी रहेको छ । यस बाहेक पक्तिका सीमामा पनि पाकिस्तान र अफगानिस्तानबीच झडप भइरहेको छ ।

अफगान रक्षा मन्त्रालयले शुक्रबार बिहान ४ बजे दक्षिणी सीमामा अफगान र पाकिस्तानी सेनाबीच झडप भएको जनाएको छ । त्यसपछि त्यहाँ खोस्तमा बस्ने मानिसलाई सुरक्षित स्थानमा पठाइएको छ । यद्यपी आक्रमणमा कति जनाको मृत्यु भएको भन्ने आधिकारिक जानकारी भने दिइएको छैन ।

यसअघि डिसेम्बर २४ मा पाकिस्तानी सेनाले अफगानिस्तान सीमानजिकै पाक्टिकामा हवाई आक्रमण गरेको थियो । जसमा ४६ जनाको मृत्यु भएको थियो । पाकिस्तानले यस हमलामा पाकिस्तानी तालिवान संगठन (टीटीपी) को संदिग्ध लक्ष्यहरूलाई निशाना बनाएको दाबी गरेको थियो।

यसअघि शुक्रबार पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले आतंकवादी संगठन तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) विरुद्ध कारबाही गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री सरिफले टीटीपीलाई पाकिस्तानविरुद्ध आतंक फैलाउन अफगानिस्तानको माटो प्रयोग गर्न नदिने बताएका छन् ।

तहरीक-ए-तालिबान पाकिस्तान एक आतंकवादी संगठन हो । यो २००७ मा स्थापित भएको थियो । यो संगठन पाकिस्तानको सरकार हटाएर त्यहाँ तालिबानी शरिया कानून लागू गर्न चाहन्छ । टीटीपी पाकिस्तान भित्र स्वतन्त्र रूपमा काम गर्ने धेरै कट्टरपन्थी समूहहरूको समूह हो। टीटीपीसँग ३० हजारभन्दा बढी सशस्त्र आतंकवादी छन्।

पाकिस्तानले प्रायः पाकिस्तानी तालिबानले अफगानिस्तानको भूमि प्रयोग गरी त्यहाँ आतंकवादी हमला गर्ने गरेको आरोप लगाउँदै आएको छ । तर, अफगानिस्तानले पाकिस्तानको आरोपलाई अस्वीकार गर्दै आएको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिवानको पुनरागमनसँगै पाकिस्तानी तालिबान (टीटीपी) बलियो भएको छ । टीटीपीले नोभेम्बर २०२२ मा पाकिस्तानसँगको युद्धविराम एकपक्षीय रूपमा समाप्त गरेको थियो। यसपछि उनले पाकिस्तानमाथि आक्रमणलाई तिब्र बनाएका छन् । पाकिस्तानले १७ जनवरीमा इरानमा हवाई आक्रमण गरेको थियो । पाकिस्तानले इरानको सिस्तान-बलुचिस्तानमा धेरै बीएलए आतंकवादी मारेको दाबी गरेको थियो। पाकिस्तानले बीएलएलाई आतंकवादी संगठन मानेको छ । तर, इरानले पाकिस्तानको हवाई हमलामा ९ जना सर्वसाधारण मारिएको दाबी गरेको थियो । जसमध्ये ४ बालबालिका र ३ महिला रहेका छन् ।

वास्तवमा इरानको हवाई हमलाको जवाफमा पाकिस्तानले यो हमला गरेको थियो । १६ जनवरीको रात इरानले पाकिस्तानको बलुचिस्तानमा मिसाइल र ड्रोनले आक्रमण गरेको थियो । इरानले पाकिस्तानमा रहेको आतंकवादी संगठन जैश अल अदलका अड्डाहरूलाई निशाना बनाएको बताएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै