• २०८१ पौष ३ बुधबार

आत्मघाती आक्रमणमा अफगानिस्तानका मन्त्रीसहित चार जनाको मृत्यु

kharibot

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको आत्मघाती आक्रमणमा तालिवानका शरणार्थी मन्त्री खलील रहमान हक्कानीको मृत्यु भएको छ ।

हक्कानी प्रार्थनाका लागि बाहिर निस्केका बेला शरणार्थी मन्त्रालयमा आक्रमण भएको थियो । जसमा चार अंगरक्षकको पनि मृत्यु भएको थियो ।

आक्रमणको समयको बारेमा हालसम्म जानकारी प्राप्त भएको छैन। समाचार एजेन्सी रोयटर्सका अनुसार खलील हक्कानीका भतिजा अनस हक्कानीले काकाको मृत्यु भएको पुष्टि गरेका छन् । 

हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन । तर, केही मिडिया रिपोर्टहरूमा आतंकवादी समूह  (इस्लामिक स्टेट खोरासान) प्रति आशंका गरिएको छ ।

इस्लामिक स्टेट खोरासान सिरिया र इराकमा सक्रिय आतंकवादी समूह आइएसआइएसको क्षेत्रीय शाखा हो । 

खलील हक्कानी अफगानिस्तानमा हक्कानी नेटवर्कका प्रमुख नेताहरूमध्ये एक थिए । उनी तालिबानका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका थिए । अमेरिकाले खलिललाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो । यसमा ५० लाख डलर पुरस्कार पनि राखिएको थियो ।

हक्कानी नेटवर्क र अफगान तालिबानबीच निकै राम्रो सम्बन्ध छ । सन् २०२१ मा अफगानिस्तानमा कु’ भएदेखि अफगान तालिबान र हक्कानी नेटवर्कले मिलेर सरकार चलाइरहेका छन्। तालिबान सरकारका धेरै महत्त्वपूर्ण मन्त्रालयहरू हक्कानी नेटवर्कका मानिसहरूको नियन्त्रणमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै