• २०८१ पौष २० शनिबार

सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको निधन

kharibot

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार, उनलाई हृदयाघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएकोमा शुक्रबार राति निधन भएको हो ।

वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए । उनी २०६५ साल भदौ २२ मा नियुक्त भई २०७० साल चैत २९ मा पदावधि नथपिएपछि अवकाश भएका थिए ।

सर्वोच्च अदालतबाट अवकाशपछि उनले ६ वर्षसम्म मानव अधिकार आयोगको सदस्यका रूपमा काम गरे । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको नेतृत्वमा २०७१ कात्तिक २ देखि २०७७ कात्तिक १ सम्म उनले आयोगमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

वस्ती न्याय र कानूनका क्षेत्रमा अध्ययन, अनुसन्धान, र पुस्तक लेखनमा सक्रिय थिए । उनले २०६४ सालमा सर्वोच्च बार एशोसिएसनले गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’मा सदस्यका रूपमा काम गरेका थिए ।

त्यतिबेला अदालतमा विचौलियाको प्रभुत्व रहेको विषयमा प्रतिवेदन प्रस्तुत गरेका उनी २०६६ सालमा गठन भएको विकृतीविहीन न्यायपालिका विकास अध्ययन कार्यदलमा समेत सदस्य थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै