काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सिंहको निधनप्रति दुःख व्यक्त गर्दै प्रचण्डले आफू सन् २००८ मा पहिलोपटक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा तत्कालिन प्रधानमन्त्री सिंहबाट पाएको न्यानो आतिथ्यतापनि सम्झिएका छन् ।
सो भेटवार्तामा आफूहरुले नेपाल र भारतबीचको द्धिपक्षीय हितका विषयमा छलफल गरेको पनि उनले स्मरण गरेका छन् । पछिसम्म पनि आफूहरुले वैश्विक इस्यु, क्षेत्रिय राजनीति र नेपाल–भारत द्धिपक्षीय सम्बन्धका विषयमा निरन्तर सम्वाद गरेको प्रचण्डले उल्लेख गरेका छन् ।
नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउनको लागि सिंहले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रचण्डले नेपाल, नेपाली जनता र आफ्नो पार्टीको तर्फबाट स्वर्गीय सिंहप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति शोक व्यक्त गरेका छन् ।