• २०८१ पौष १३ शनिबार

डा. मनमोहन सिंहको निधनमा भारतमा सात दिने राष्ट्रिय शोक

kharibot

काठमाडौँ । भारत सरकारले पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार २७ डिसेम्बरका सबै सरकारी कार्यक्रमहरु रद्द गरिएको छ ।  डा. मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ ।

शनिबार अन्त्येष्टिको दिन विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ ।

केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।

कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ । उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरुले शोक व्यक्त गरेका छन् ।

मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो । पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरे र त्यसपछि अक्सफोर्डबाट पीएचडी गरेका थिए ।

सिंह भारतको दुई पटक प्रधानमन्त्री भएका थिए । उनी २२ मे २००४ देखि २६ मे २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका थिए । सन् १९९१–९६ सम्म भारतको अर्थमन्त्री रहेका सिंहलाई भारतको आर्थिक उदारीकरणका नायक मानिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै