• २०८१ पौष ११ बिहीबार

रवि लामिछानेको बयान आज हुदै

kharibot

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज हुने भएको छ ।

यस अघि मंगलबार पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई बिहानै लगिएपनि रविलाई दिनभर कास्की जिल्ला अदालत परिसरमै राखिएको थियो । आइतबार विभिन्न तीन अभियोगमा मुद्दा दर्ता गरिएपछि रविलाई सोमबार पनि बयानका लागि अदालत लगिएको थियो । तर मंगरबार पनि उनको बयान हुन सकेको थिएन ।

पूर्वडीआईजी जोशीसँगको बयान भने मंगलबार सकिएको छ । उनलाई न्यायाधीश नितिज राईले लगातार दुई दिन २३ प्रश्न सोधेका थिए । जोशीले आफूमाथि लागेका सबै आरोपको इन्कार गरेका थिए ।

छविसँगको बयान सकिएपछि मंगलबार अदालतमा अर्का प्रतिवादी लिला पछाईसँग बयान लिइएको छ । अर्का प्रतिवादी खनालको बयानपछि आज रवि लामिछानेको बयान हुने भएको छ ।

बुधबार क्रिसमसको सार्बजनिक बिदा भएकाले आज अदालत खुलेसँगै बयान शुरु हुने भएको छ । 

सरकारी वकिल कार्यालय कास्कीले लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गर्दै मुद्धा दायर गरेको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै