• २०८१ पौष १२ शुक्रबार

मोजाम्बिकमा प्रदर्शनका बीच जेलबाट १५ सयभन्दा बढी कैदी भागे

kharibot

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको प्रहरीले चुनावी नतिजाविरुद्ध जारी हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै जेलबाट १५ सय भन्दा बढी कैदीहरू भागेको बताएको छ ।

देशका प्रहरी प्रमुख बर्नार्डो राफेलले सुरक्षा गार्डसँगको झडपमा ३३ जनाको मृत्यु भएको र १५ जना घाइते भएको बताएका छन् ।

कारागारबाट भागेका १५० भन्दा बढी कैदीलाई पुनः पक्राउ गरिएको उनले बताएका छन् ।

अदालतको फैसलापछि मोजाम्बिकमा सोमबारदेखि प्रदर्शन सुरु भएको छ । अदालतले अक्टोबरमा भएको निर्वाचनमा सत्तारुढ फ्रेलिमो पार्टीको जितको पक्षमा फैसला गरेको थियो । यो पार्टी मोजाम्बिकमा सन् १९७५ देखि सत्तामा छ । अक्टोबरमा भएको विवादास्पद निर्वाचनपछि देशमा अशान्ति छाएको छ ।

प्रहरी प्रमुख राफेलले बुधबार सरकार विरोधी सङ्गठनका प्रदर्शनकारीहरू राजधानीको कारागारमा पुगेका थिए, जसको फाइदा उठाउँदै कैदीहरूले कारागारको पर्खाल भत्काएर भागेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै