• २०८१ असार ४ मंगलबार

नेपालले दक्षिण अफ्रीकाविरुद्ध टस जित्यो, सन्दीप खेल्दै

kharibot

काठमाडौँ । नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ  ।

आइसीसी टी-२० विश्वकपको समुह डी अन्तर्गतको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्  ।

आजको खेलमा नेपालले सन्दीप लामिछानेलाई टिममा सामेल गरेको छ  । नेपालको प्लेइङ एघारमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहोरा रहेका छन्  ।

समुह डी अन्तर्गत नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस अघि नेपालले पहिलो खेल नेदरल्याण्डससँग हारेको थियो भने श्रीलंकाविरुद्धको खेल बर्षाले रद्द भएको थियो ।

त्यस्तै दक्षिण अफ्रिका भने लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै