• २०८१ पौष ११ बिहीबार

एमालेको कारवाहीपछि उषाकिरणको प्रतिक्रिया- पंचको नक्कल नगरेको भए हुन्थ्यो

kharibot

काठमाडौं । नेकपा एमालेले ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेपछि केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले प्रतिक्रिया दिएकी छन् ।

पार्टीले कारवाही गरेपछि प्रतिक्रिया दिदै तिम्सिनाले आफुलाई ६ महिना निलम्बनको निर्णय भएछ भन्दै पंचायतबिरुद्द लडेर आएका नेतृत्वगणले पंचकै नक्कल गरेको भए हुन्थ्यो भन्ने प्रतिक्रिया दिएकी छन् ।

उनले भनेकी छन्- 'आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र-१ अन्तरगत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त  कार्यक्रम सकेर भर्खर घर आईपुगेँको छु । तल्लो तहका आम कार्यकर्ता , तिनको लगाब , मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ  । पंचायत बिरुद्द लडेर आउनु भएको नेतृत्व गणले पंचकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।' 

बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रिय कार्यालय बनाउन मिनबहादुर गुरुङबाट जग्गा दान लिएको विषयमा टिप्पणी गरेको विषयमा केन्द्रीय सदस्यद्वय बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको थियो ।  

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको सचिवालय बैठकको निर्णय को जानकारी दिदै पाण्डे र तिम्सिनालाई यस विषयमा अघिल्लो बैठकले स्पष्टीकरण सोधेको र दुवैले आफ्नो गल्ति स्वीकार नगरेकोले दुवैलाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको बताए ।

दुवैले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायीबाट दान लिने पार्टी निर्णयको विरोध गर्दै पार्टीका सदस्यबाट पैसा उठाएर कार्यालय बनाउनुपर्ने बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै