काठमाडौँ । अफगानिस्तानमा तालिवानले पाकिस्तानले गरेको हवाई हमलामा ४६ जनाको ज्यान गएको दाबी गरेको छ जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
तालिबानका प्रवक्ताले पाक्टिका प्रान्तका चार क्षेत्रमा हमला गरिएको बताएका छन् । पाकिस्तानका सुरक्षा एजेन्सीहरूले यी आक्रमणहरूमा 'आतंकवादी लुकेका ठाउँहरू' लाई निशाना बनाएको बताएका छन् ।
तर, अफगानिस्तानको तालिबान प्रशासनले पाकिस्तानको सुरक्षा बलमाथि आक्रमण गर्ने विद्रोहीलाई आफ्नो देशमा आश्रय दिएको आरोपलाई अस्वीकार गरेको छ ।
अफगानिस्तानको रक्षा मन्त्रालयले बुधबार पाकिस्तानले देशको पक्तिका प्रान्तको बर्मल जिल्लामा हवाई हमला गरेको आरोप लगाएको छ ।
मार्च २०२४ मा पनि पाकिस्तानले अफगानिस्तानमा यस्तै हवाई हमला गरेको थियो, त्यसपछि इस्लामाबाद र काबुलबीच तनाव उत्पन्न भएको थियो ।