• २०८१ पौष १३ शनिबार

पुष्पा-२ हेर्दा भागदौडमा घाइते बालकको परिवारलाई अल्लु अर्जुन र निर्माताले दिए २ करोड

kharibot

काठमाडौँ । अभिनेता अल्लु अर्जुन र ‘पुष्पा’का निर्माताले सिनेमा हलमा भएको भागदौडमा घाइते भएका परिवारलाई २ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

यसैबीच, तेलंगाना राज्य चलचित्र विकास निगम (एफडीसी) का अध्यक्ष र प्रमुख निर्माता दिल राजुले फिल्म व्यक्तित्वहरूको एक प्रतिनिधिमण्डलले बिहीबार तेलंगानाका मुख्यमन्त्री ए रेभान्थ रेड्डीलाई भेट्नेछ जसले सरकार र फिल्म उद्योग बीचको सम्बन्धलाई बढावा दिने बताएका छन् ।

अल्लु अर्जुनका बुबा तथा दिग्गज निर्माता अल्लु अरविन्द, दिल राजु र अन्य व्यक्तिहरू निजी अस्पतालमा पुगेर भागदौडमा घाइते भएका एक बालकलाई भेट गरेका छन् । अल्लु अरविन्दले डाक्टरहरूसँग कुरा गर्दै बालकको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बालकको स्वास्थ्य अहिले सुधार भइरहेको र अब आफैँ सास फेर्न सक्ने बताए ।

यसै क्रममा अल्लु अर्जुनका बुवाले अल्लु अर्जुनले १ करोड, पुष्पा प्रोडक्सन कम्पनी मैत्री मुभि मेकर्सले ५० लाख र फिल्मका निर्देशक सुकुमारले ५० लाख रुपैयाँ बच्चाको परिवारलाई दिने घोषणा गरेका छन् । अरविन्दले चेक दिल राजुलाई दिए र बालकको परिवारलाई बुझाउन अनुरोध गरे । 

उनले कानुनी बाध्यताका कारण पूर्व स्वीकृतिबिना परिवारसँग प्रत्यक्ष सम्पर्क गर्न नसकिएको बताए ।

परिवारको उजुरीको आधारमा अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापन विरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को विभिन्न धाराहरू अन्तर्गत चिक्कडपल्ली पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको थियो । गत डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा चलचित्र ‘पुष्पा २’ प्रदर्शन भइरहेका बेला भागदौडमा ३५ वर्षीया महिलाको मृत्यु भएको थियो भने गम्भीर घाइते भएका उनका आठ वर्षीय छोरालाई अस्पतालमा भर्ना गरिएको थियो । महिलाको मृत्युमा संलग्न अल्लु अर्जुनलाई महानगरीय प्रहरीले मङ्सिर १३ गते पक्राउ गरेको थियो । तेलंगाना उच्च अदालतले सोही दिन उनलाई चार हप्ताको अन्तरिम जमानत दिएको थियो र डिसेम्बर १४ को बिहान उनी जेलबाट रिहा भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै