• २०८१ पौष १२ शुक्रबार

भारतविरुद्धको 'बक्सिङ डे' टेस्टका लागि अस्ट्रेलियाको टिममा दुई परिवर्तन

kharibot

काठमाडौँ । अष्ट्रेलिया क्रिकेट बोर्डले बोर्डर-गावस्कर ट्रफी अन्तर्गतको बक्सिङ डे टेस्टका लागि भारतविरुद्ध दुई खेलाडी परिवर्तनको घोषणा गरेको छ । 

अष्ट्रेलियाली टोलीका कप्तान प्याट कमिन्सले डिसेम्बर २६ देखि मेलबर्नमा हुने टेष्ट खेलका लागि नाथन म्याकस्विनीको स्थानमा साम कन्स्टासलाई टोलीमा समावेश गरिएको बताएका छन् । यो उनको डेब्यु खेल हुनेछ । त्यस्तै स्कट बोल्याण्डले जोस हेजलवुडको स्थान लिनेछन् ।

अष्ट्रेलियाको प्लेइङ इलेभेन: उस्मान ख्वाजा, साम कोन्स्टान्स, मार्नस लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्स, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, नाथन लियोन, स्कट बोल्याण्ड ।

सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टोली विजयी भएको थियो । दोस्रो खेलमा अष्ट्रेलियाले पुनरागमन गर्दै सिरिज १-१ को बराबरीमा रहेको  गरेको छ । ब्रिसबेनमा भएको तेस्रो टेष्ट खेल बराबरीमा सकिएको थियो । त्यसैले चौथो खेल दुवै टोलीका लागि शृङ्खला जित्ने हिसाबले निकै महत्वपूर्ण हुने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै