काठमाडौँ । भारतीय फिल्म पुष्प- २ ले हिन्दी सिनेमाको इतिहासमा ठूलो उपलब्धि हासिल गरेको छ। यसले मात्र २० दिनमा ७०० करोडको क्लबमा प्रवेश गरेको छ ।
यस फिल्मले बक्स अफिसमा दिनप्रतिदिन नयाँ रेकर्ड तोडिरहेको छ । अब यसको २०औं दिनसम्म बक्स अफिसमा अहिलेसम्मको सबै भन्दा धेरै कमाई गर्ने हिन्दी फिल्म बनेको छ ।
‘पुष्पा २’ ले २० औं दिन भारतमा करिब १४.२५ करोड रुपैयाँ कमाएको छ । यसले तेलुगुमा २.३५ करोड, हिन्दीमा ११.५ करोड, तमिलमा ३५ लाख, कन्नडमा ४ लाख र मलायालममा १ लाख रुपैयाँ सङ्कलन गरेको छ ।
फिल्म ‘पुष्पा २’ को २० दिनपछिको कुल बक्स अफिस कलेक्सन हेर्दा करिब १०८९.८५ करोड रुपैयाँ पुगेको छ । यसले तेलुगुमा ३१२.०५ करोड, हिन्दीमा ७०१.६५ करोड, तमिलमा ५४.६५ करोड, कन्नडमा ७.४४ करोड र मलायालममा १४.०६ करोड कमाएको छ।
सुकुमारले निर्देशन गरेको यो फिल्म साउथको फिल्म भएपनि यसले हिन्दीमा सबैभन्दा बढी कमाइ गरिरहेको छ । ‘स्त्री २’ को कलेक्शनलाई पछि पार्दै ७ सय करोड क्लबमा प्रवेश गरेको छ । यसको मतलब ‘पुष्पा २’ अघि कुनै पनि हिन्दी फिल्मले ७०० करोडको आँकडा पनि छुन सकेका थिएनन् ।
‘पुष्पा २’ ले बक्स अफिसको दौडमा जुन गतिमा दौडिरहेको छ, त्यो हेर्दा छिट्टै भारतमा २ हजार करोडको आँकडा पार गर्ने देखिन्छ । हाल यसको कुल बक्स अफिस नम्बर १०८९.८५ करोड छ ।